मिति : मार्च ७, २०२०
विश्वमा माहामारीका रुपमा फैलिएको कोरोना भाईरसको पोजेटिभ लक्षण होवार्टमा पनि देखिएको छ । त्यसमा पनि हामी नेपाली समुदायकै एक सदस्यमा यो लक्षण देखिनुुले पक्कै हामी सवैलाई निकै चिन्तित तुल्याएकै छ । एकातर्फ यो माहामारीबाट हामी आफुलाई कसरी सुुरक्षित राख्ने वा समुुदायका अन्य सदस्यहरुमा फैलिन नदिने भन्ने विषय निकै नै गौण रुपमा देखिएको छ भने अर्कातर्फ यो माहामारीको शिकार भएका व्यक्तिको मनोबललाई उच्च राख्न हामी नेपाली समुदायको महत्वपूूर्ण भूमिका हुने गर्छ । त्यसैले यसबाट संक्रमित व्यक्तिलाई हतोत्साह हुने खालका समाचार, तथा सामाजिक सञ्जालका कुनै पनि माध्यममा नकारात्मक कमेन्ट नगर्न अनुरोध गर्दछौ. । यो माहामारीका समयमा सम्भवभएसम्म सार्वजनिक भेला तथा भोजको आयोजना नगर्न, समुदाय र संक्रमित व्यक्ति प्रति पूूर्णरुपमा उत्तरदायी भई सामुदायिक उत्तरदायित्व बहन गरिदिनहुन हार्दिक अनुरोध गर्दछौं ।
कार्यकारी समिती
नेपाली सोसाईटी अफ तासमानिया

Leave a Reply
Want to join the discussion?Feel free to contribute!